सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगतिसँगै यसले असङ्ख्य नकारात्मक तथा डरलाग्दा असरहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ।
काठमाडौँ– आज सुरक्षित इन्टरनेट दिवस ‘स्मार्ट प्रविधि, सुरक्षित विकल्प- एआईको सुरक्षित र जिम्मेवार प्रयोगको अन्वेषण’ भन्ने नाराका साथ मनाइँदैछ।
बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष फेब्रुअरी १० मा विश्वव्यापी ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ।
विशेषगरि यसले बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि सुरक्षित इन्टरनेट दिवसले थलो प्रदान गर्दछ। चाइल्ड सेफ नेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्द्धन गर्दै आएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगतिसँगै यसले असङ्ख्य नकारात्मक तथा डरलाग्दा असरहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ।
डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरूमा बालबालिका तथा युवाहरू पनि रहेका छन्। डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ, फिसिङ तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ। यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
