नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा झरेसँगै मंगलबार कारोबार रकम पनि आठ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले मंगलबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा बन्द भएको छ।
परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स १.२६ अंक, फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले घटेका छन्। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार आठ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३२४ कम्पनीका दुई करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक किनबेच भएका छन्।
मंगलबार कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी र आरबिबि फोकस ४० म्युचुअल फन्डको इकाई मूल्य करिब ४ प्रतिशतले उक्लिएको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक ५.२४ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर ४५ करोड २८ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। आँखु खोला जलविद्युतको ४० करोड ५० लाख र रिडी पावर कम्पनीको ३८ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड र व्यापारबाहेक बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले ओरालो लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
