कहिले पूरा हुन्छ संसद्‌ भवन?

नयाँ संसद्‌ भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष रहनेछ। जसमा ४०० सिट मुख्य सभाहलमा र ३०० सिट बाल्कोनीमा रहनेछन्।

कहिले पूरा हुन्छ संसद्‌ भवन?
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन पूरा हुन अझै समय लाग्ने भएको छ। हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएको छ। 

२०७६ असोज १६ गते ५ अर्ब २ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सम्झौता भएको थियो। काम पूरा नभएपछि पटकपटक म्याद थपिँदै आएको छ। 

null

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, संसदीय समितिका सभापति तथा विभागीय मन्त्रीले निर्माणस्थलको अनुगमन गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिँदै आएका छन्। यद्यपि निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्ने अन्योल छ। 

मन्त्रालयका अनुसार, सिंहदरबारको पुतली बगैँचामा निर्माण भइरहेको नयाँ संसद् भवन अत्याधुनिक सुविधा सम्पन्न हुनेछ। भवन परिसरमा राजनीतिक दलका संसदीय दलका कार्यालय, संसद् सचिवालय, राष्ट्रियसभा र प्रतिनिधिसभाका लागि आवश्यक संरचना निर्माण गरिएका छन्। 

null

भवनभित्र एकापट्टि संसद् सचिवालय र अर्कोपट्टि प्रतिनिधिसभाको बैठक कक्ष रहनेछ। सचिवालय र प्रतिनिधिसभाको पछाडि संसदीय दलका कार्यालय तथा राष्ट्रिय सभाको कक्ष रहनेछन्। ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष रहनेछ। जसमा ४०० सिट मुख्य सभाहलमा र ३०० सिट बाल्कोनीमा रहनेछन्। 

राष्ट्रियसभाका लागि २९० सिट क्षमताको व्यवस्था गरिएको छ। ३५० सिटको संयुक्त लबी निर्माण गरिएको छ। साथै, १० राजनीतिक दलका लागि संसदीय दलको कार्यालय तथा बैठक कक्ष तयार पारिएको छ। 

null

सरकारले २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् बैठक सञ्चालन गर्दै आएको थियो। जेन–जी आन्दोलनका क्रममा उक्त भवनमा तोडफोड र आगजनी भएपछि त्यहाँ पुनः संसद् बैठक सञ्चालन हुने सम्भावना छैन। 

nullnullnullnullnullnull