साताको शुरूदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा अन्तिम दिन भने सुधार देखिएको हो।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको शुरूदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा अन्तिम दिन भने सुधार देखिएको हो।
बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २,६७१.०७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अंकले उकालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतले बढेको छ।
कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ। अन्य उपसमूहहरूमा सामान्य वृद्धि देखिएको छ।
यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
