खोप अभियानसँगै सरकारले जंगलभित्रै पानी र खाद्य स्रोतको व्यवस्था गर्ने, सुरक्षात्मक बार लगाउने र आवासीय क्षेत्रमा पसेका हात्तीलाई धपाउन विशेष रेन्जर्स टोली परिचालन गर्ने जस्ता उपायहरू पनि अपनाएको छ।
खेतीयोग्य जमिनको विस्तार र वन क्षेत्रको विनाशसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्व रोक्न थाइल्यान्डले जंगली हात्तीमा ‘गर्भनिरोधक’ खोप प्रयोग गर्न शुरू गरेको छ। आवासीय क्षेत्र नजिक हात्तीको संख्या तीव्र रूपमा बढेपछि जनधनको सुरक्षाका लागि यो कदम चालिएको अधिकारीहरूले बताएका छन्।
आधिकारिक तथ्यांकअनुसार गत वर्ष मात्रै थाइल्यान्डमा हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। त्यसैगरी, बालीनाली नोक्सानीका दुई हजारभन्दा बढी घटना दर्ता भएका छन्। वन फँडानीका कारण हात्तीहरू आफ्नो प्राकृतिक बासस्थान छाडेर मानव बस्ती पस्न बाध्य हुँदा यो द्वन्द्व चर्किएको हो।
वन्यजन्तु संरक्षण विभागका निर्देशक सुखी बुनसाङका अनुसार अमेरिकामा निर्मित यो खोपले पोथी हात्तीको डिम्ब उत्पादन रोक्दैन, बरु निषेचन प्रक्रिया अवरुद्ध गरी गर्भधारण हुन दिँदैन। यो खोपको प्रभाव सात वर्षसम्म रहने र बुस्टर नदिएमा हात्तीले पुनः प्रजनन गर्न सक्ने बताइएको छ। हालसम्म सातवटा घरपालुवा हात्तीमा गरिएको परीक्षण सफल भएपछि गत जनवरीमा पूर्वी ट्राट प्रान्तका तीन जंगली हात्तीलाई यो खोप दिइएको छ।
यो कार्यक्रमले संरक्षणवादीहरूबाट आलोचना पनि खेपिरहेको छ। थाइल्यान्डमा हात्तीलाई राष्ट्रिय प्रतीक र शताब्दीौँदेखिको परम्परासँग जोडिने भएकाले यस्तो हस्तक्षेपलाई कतिपयले प्राकृतिक नियमविपरीत मानेका छन्। यद्यपि, निर्देशक सुखीले वार्षिक ८.२ प्रतिशत जन्मदर रहेका (जुन राष्ट्रिय औसत ३.५ प्रतिशतभन्दा निकै बढी हो) अत्यधिक द्वन्द्वग्रस्त क्षेत्रमा मात्र यो योजना सीमित रहने स्पष्ट पारे।
खोप अभियानसँगै सरकारले जंगलभित्रै पानी र खाद्य स्रोतको व्यवस्था गर्ने, सुरक्षात्मक बार लगाउने र आवासीय क्षेत्रमा पसेका हात्तीलाई धपाउन विशेष रेन्जर्स टोली परिचालन गर्ने जस्ता उपायहरू पनि अपनाएको छ।
यसैबीच, उत्तरपूर्वी खोन केन प्रान्तमा एक जंगली हात्तीलाई स्थानान्तरण गर्ने क्रममा मृत्यु भएपछि सार्वजनिक स्तरमा आलोचना बढेको छ। राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक अथापोल चारोएनसुन्साले घटनाप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता दुर्घटना हुन नदिन अनुसन्धान भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
