युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट देशका सबैजसो विद्युत्गृह क्षतिग्रस्त भएको र लाखौँ नागरिक चिसोका कारण पीडामा रहेको बताउँदै पश्चिमा मुलुकसँग थप सैन्य सहयोगको अपिल गरेका छन्।
रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत्गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् कटौतीको सामना गर्नु परिरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। जर्मनीको म्युनिखमा शनिबार शुरू भएको सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धको मारमा परेका जनता विद्युत् अभावका कारण चिसोको पीडा सहन बाध्य भएको उल्लेख गरे।
आक्रमणको चौथो वर्षमा प्रवेश गरेको सन्दर्भमा जेलेन्स्कीले भने, “युद्धले दशौँ हजारको ज्यान लिएको छ, पूर्वी युक्रेनलाई ध्वस्त पारेको छ र लाखौँलाई थातथलोबाट भाग्न बाध्य पारेको छ।”
किभ र उसका पश्चिमा सहयोगीले मस्कोले युक्रेनी जनसंख्यालाई कष्ट दिन जानीजानी विद्युत् गृहहरूमा आक्रमण गरेको आरोप लगाएका छन्। जेलेन्स्कीले भने, “रुसी आक्रमणबाट क्षतिग्रस्त नभएको कुनै पनि विद्युत्गृह बाँकी छैन।”
प्लान्ट मर्मतमा खटिएका हजारौँ कामदारको प्रशंसा गर्दै उनले भने, “हामी अझै पनि बिजुली उत्पादन गरिरहेका छौँ।”
उनले पश्चिमा मुलुकहरूले आपूर्ति गर्ने वायु रक्षा प्रणालीको द्रुत उपलब्धिका लागि आह्वान गर्दै भने, “कहिलेकाहीँ हामी ‘प्याट्रियट्स’ वा ‘नासाएमएस’का लागि नयाँ मिसाइलहरू प्राप्त गर्न सफल हुनेछौँ।”
जेलेन्स्कीले सन् २०२२ को फेब्रुअरीमा युद्ध शुरू गर्ने पुटिनलाई एडोल्फ हिटलरसँग तुलना गर्दै भने, “उनले आफूलाई जारका रूपमा देख्न सक्छन्, तर वास्तवमा उनी युद्धका दास हुन्।” उनले थपे, “युक्रेनमा कसैले पनि विश्वास गर्दैनन् कि पुटिनले हाम्रा जनतालाई युद्धबाट उम्किन दिनेछन्।”
आगामी हप्ता जेनेभामा अमेरिकी मध्यस्थतामा वार्ता हुने र युद्ध अन्त्यका लागि किएभले ‘सबै कुरा’ गरिरहेको उनको भनाइ थियो। यद्यपि, रुसले युक्रेनलाई डोनेट्स्क क्षेत्रबाट फिर्ता हुन माग गरेको छ।
जेलेन्स्कीले वार्ताका लागि युक्रेन धेरै लचिलो बनेको बताउँदै भने, “युक्रेनले रुसको तुलनामा बढी योगदान गर्न तयार रहे पनि वार्ता सफल हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो।” उनका अनुसार अमेरिकीहरूले प्रायः छुटका विषयमा कुरा उठाउने गरेको र त्यस्ता छुटहरू युक्रेनको सन्दर्भमा मात्र छलफल हुने गरेका छन्। युक्रेनले भने आफ्नो पूर्वी क्षेत्र छोड्नु अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
जेलेन्स्कीले पुटिनले सन् १९३८ को म्युनिख सम्झौताको इतिहास दोहोर्याउन चाहेको आरोप लगाए, जसका कारण चेकोस्लोभाकिया विभाजित भएको थियो र त्यसको एक वर्षपछि दोस्रो विश्वयुद्ध शुरू भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
