यसले उत्पादन घटाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ।
काठमाडौँ– जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन्। यसले उत्पादन घटाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ।
स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि २०२५ सम्म विश्वका २५ प्रमुख कफी उत्पादक देशहरूले प्रतिवर्ष औसत ४७ दिन अतिरिक्त हानिकारक गर्मी अनुभव गरेका छन्। ती दिनहरूमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यो तापक्रम कफी बिरुवाका लागि जोखिमपूर्ण मानिन्छ।
विश्वको करिब ७५ प्रतिशत कफी उत्पादन गर्ने ब्राजिल, भियतनाम, कोलम्बिया, इथियोपिया र इन्डोनेसियामा औसत ५७ दिनसम्म ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ। क्लाइमेट सेन्ट्रलका विज्ञान उपाध्यक्ष क्रिस्टिना डाहलले जलवायु परिवर्तनले कफी खेतीलाई प्रत्यक्ष रूपमा चुनौती दिइरहेको बताए। उनका अनुसार प्रायः सबै प्रमुख कफी उत्पादक देशहरूमा अहिले लामो समयसम्म चरम गर्मी देखिन थालेको छ, जसले बिरुवालाई क्षति पुर्याउने, उत्पादन घटाउने र गुणस्तरमा असर पार्ने सम्भावना बढाएको छ।
उनले समयसँगै यसको प्रभाव खेतबाट उपभोक्तासम्म पुग्ने र दैनिक कफीको स्वाद तथा मूल्य दुवैमा असर देखिने उल्लेख गरे। संयुक्त राज्य अमेरिकामा खपत हुने कफीको करिब एक तिहाइ ब्राजिलबाट आयात हुने भएकाले त्यहाँ लगाइएका आयात शुल्कले गत वर्ष मूल्य वृद्धिमा भूमिका खेलेको संस्थाले जनाएको छ। तथापि, पछिल्ला वर्षहरूमा कफी उत्पादन क्षेत्रमा देखिएको चरम मौसम पनि मूल्य वृद्धिको प्रमुख कारणमध्ये एक रहेको बताइएको छ।
कफी खेती सफल हुनका लागि उपयुक्त तापक्रम र वर्षा आवश्यक हुन्छ। क्लाइमेट सेन्ट्रलका अनुसार ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अरेबिका प्रजातिका लागि अत्यन्त हानिकारक र रोबस्टा प्रजातिका लागि पनि उपयुक्त हुँदैन। यी दुई प्रजातिले विश्वव्यापी कफी आपूर्तिको अधिकांश हिस्सा ओगटेका छन्।
अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले कार्बन प्रदूषण नभएको अवस्थामा ३० डिग्री सेल्सियसभन्दा तल रहने अनुमानित दिनहरूको तुलना वास्तविक तथ्याङ्कसँग गरेका थिए। त्यस क्रममा जलवायु परिवर्तनका कारण थपिएका तातो दिनहरूको सङ्ख्या पहिचान गरिएको हो। जलवायु पर्यवेक्षकहरूका अनुसार पछिल्ला तीन वर्ष विश्व इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा दर्ज भएका छन्। यसको प्रभाव कृषि क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
