स्वास्थ्य मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण र राहत प्रक्रिया अघि बढाउन आगामी फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
काठमाडौँ– सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल) हरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुटेका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका छन्।
उनका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउने निर्णय गरे अनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई पत्राचार गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले घाइतेहरूको सूचीकरण र पुन: वर्गीकरणसम्बन्धी कार्य समयमै सक्नका लागि फागुन १ देखि १५ गतेभित्र विवरण पठाउन भनिएको बताए। उनले फागुन १५ गतेभित्र प्राप्त निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए।
उनका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण प्राप्त भएको छ। जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य चोटपटक लागेकाहरूलाई खासै सुविधा उपलब्ध नहुने भएकाले उनीहरू सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीले बताए।
सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर वर्गीकरणमा परेका र उनीहरूलाई स्याहार गर्नेलाई मासिक ९ हजार, गम्भीर घाइतेलाई मासिक ९ हजार र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी उनले दिए। मन्त्रालयको तथ्यांकअनुसार जेनजी प्रदर्शनका क्रममा हालसम्म २ हजार ५९९ जना घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
