आइतबार नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट देखिएको छ। आइतबार नेप्से २७.५९ अंकले घटेर २६१४.५५ बिन्दुमा ओर्लिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.०४ प्रतिशतको गिरावट हो।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। नेप्सेका अनुसार आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि मंगलबार २०.७५ अंकले बजार घट्दा ८ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
आज बजारका सबै १३ वटै उपसूचक रातो देखिएका छन्। जसमध्ये व्यापार समूह सबैभन्दा बढी ३.५९ प्रतिशतले घटेको छ। यस्तै, जलविद्युत् १.८१, विकास बैंक १.४१, होटल तथा पर्यटन १.०९ र उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशतले घटेका छन्।
अन्य समूहहरूमा बैंकिङ ०.५२, वित्त ०.५६, लगानी ०.९४, जीवन बिमा ०.७३, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.२२ र निर्जीवन बिमा ०.४२ प्रतिशतले ओरालो लागेका छन्।
बजार घटे पनि सलपा विकास बैंकको शेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी छ, जसको शेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड ४२ लाख ४० हजार १०१ रुपैयाँ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
