भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अमेरिकी हिरासतमा रहेका पूर्वराष्ट्रपति निकोलस मदुरोको तत्काल रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक संवाद र मेलमिलापका लागि अपिल गरेका छन्।
अमेरिकी सैन्य कारबाहीपछि अमेरिकी नियन्त्रणमा रहेका भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री यभान गिल पिन्टोले सोमबार माग गरेका छन्।
जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालीन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उनकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका हुन्।
सन् २०१३ को मार्चदेखि भेनेजुएलामा शासन गरेका र करिब दुई महिनाअघि अमेरिकी सेनाले कब्जा गरेका मदुरो आफ्नी पत्नीसहित अमेरिकी हिरासतमा छन्। अमेरिकी सुरक्षा दस्ताको कारबाहीपछि पदच्युत भएका ६३ वर्षीय मदुरोले लागूऔषध ओसारपसारमा आफू दोषी नभएको र आफू ‘युद्धबन्दी’ भएको दाबी गरेका छन्।
भेनेजुएलाका विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा भने, “सन् २०२६ जनवरी ३ पछि भेनेजुएला चरम गम्भीरताको मोडमा परिणत भएको छ।”
गिलले अगाडि भने, “हाम्रो देशविरुद्ध गैरकानूनी सैन्य कारबाहीका कारण १०० भन्दा बढीको मृत्यु भएको छ भने मदुरो र उनकी पत्नीलाई स्वेच्छाचारी रूपमा हिरासतमा राखिएको छ।”
“हाम्रो देश र आणविक शक्ति सम्पन्न संयुक्त राज्य अमेरिकाबीचको गहन प्राविधिक र सैन्य असमानताका बाबजुद कराकसमाथिको आक्रमण र भेनेजुएलाका राष्ट्रपतिको गिरफ्तारीका बाबजुद हामीले त्यस देशसँगको मतभेद सुल्झाउन कूटनीतिक च्यानल खोल्ने निर्णय गरेका छौँ,” विदेशमन्त्री गिलले भने।
उनले अधीनताबाट नभई राज्यहरूको सार्वभौम समानता र डरको माध्यमबाट नभई विश्वासका साथ संवाद नै एक मात्र सभ्य तथा न्यायिक मार्ग भएको उल्लेख गरे।
मेलमिलापको लक्ष्य
गिलले भेनेजुएलाले ‘राज्यहरूको कानूनी समानतामा आधारित अन्तर्राष्ट्रिय सहकार्य’ को आवश्यकतामा जोड दिइरहेको बताए। उनले आफ्नो देशले ‘विगतका घाउहरू स्वीकार गर्ने, क्षमा गर्ने र मेलमिलापको प्रक्रियामा काम गर्ने’ कुरामा जोड दिए।
भेनेजुएलाको विधायिकाले गत बिहीबार सर्वसम्मतिले ऐतिहासिक आममाफी कानून पारित गरेको छ। अन्तरिम नेता डेल्सी रोड्रिगेजले यसलाई ‘अधिक लोकतान्त्रिक, निष्पक्ष र स्वतन्त्र भेनेजुएला’ को दिशामा एक अग्रगामी कदम भन्दै प्रशंसा गरेकी छन्।
विपक्षी नेताहरूले नयाँ कानूनको आलोचना गरेका छन्। उनीहरूका अनुसार यस कानूनले मदुरोका राजनीतिक विपक्षीहरूलाई लक्षित गर्न अधिकारीहरूले पहिले प्रयोग गरेका केही अपराधहरूका लागि प्रावधानलाई केही खुकुलो पारेको देखिन्छ।
सन् २०१८ देखि मदुरोको उपराष्ट्रपति रहेकी रोड्रिगेजले अमेरिकाबाट भेनेजुएला फर्कने आशामा रहेकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोतर्फ संकेत गर्दै यो कानूनले ‘आतंकवाद’ सम्बन्धी गतिविधिहरूमा दोषी ठहरिएका सुरक्षा बलका सदस्यहरूलाई समावेश नगर्ने स्पष्ट पारिन्।
आममाफीको कानून करिब तीन दशकदेखि घरमै नजरबन्दमा राखिएका वा विभिन्न हिरासतमा रहेका ११ हजार राजनीतिक बन्दीहरूका लागि लागू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
