मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २,६३८.६० को बिन्दुमा पुगे पनि कारोबार रकम भने चार अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक २१.६२ अंकले बढेर २,६३८.६० को बिन्दुमा कायम भएको हो।
परिसूचक बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार भने ५ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आज कारोबार भएका सबै समूहका उपसूचकमा हरियाली छाएको छ। बैंकिङ ०.३०, विकास बैंक १.११, वित्त ०.६४, होटल तथा पर्यटन २.०२, जलविद्युत् १.२७ र लगानी समूह ०.६१ प्रतिशतले बढेका छन्। यस्तै, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.०९, निर्जीवन बीमा ०.५२, व्यापार १.४९ र अन्य समूह ०.३३ प्रतिशतले बढेका छन्।
सलपा विकास बैंकको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबीआई बैंक देखिएको छ, जसको शेयर मूल्य ३.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपालको ३७ करोड ७२ लाख ९१ हजार ३२० रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा आँखुखोला जलविद्युत्को ६ लाख ९७ हजार १४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
