शेयरबजारमा दोहोरो अंकको वृद्धि

आजको कारोबारमा सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– शेयरबजार परिसूचक नेप्से आज १०.३० अंकले बढेर दुई हजार ६४८.९० विन्दुमा कायम भएको छ।

आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा वित्त समूह ०.२८, म्युचुअल फन्ड ०.०२ र व्यापार समूह ०.०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन्।

बैंकिङ समूह ०.२२, विकास बैंक ०.२१, होटल तथा पर्यटन ०.४७, जलविद्युत् ०.३९, लगानी ०.३०, जीवन बिमा एक.७९, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.१९ र अन्य समूह ०.३५ अंकले बढेको छ।

आजको कारोबारमा सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ५.९८ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको २८ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।