सुनचाँदीको मूल्य बढ्यो

बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।

काठमाडाैँ– आज बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १५ हजार ४०० र एक तोला चाँदीको मूल्य ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोलाको मूल्य ३ लाख १४ हजार ८०० र चाँदीको ५ हजार ७१५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।