स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जापानमा गत वर्ष ७ लाख ५ हजार ८०९ शिशु जन्मिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले कम हुनुका साथै सन् १८९९ यताकै न्यून विन्दु हो।
जापानमा जन्मदर घट्ने क्रमले लगातार १०औँ वर्ष पनि निरन्तरता पाएको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार गत वर्ष जापानमा जन्म सङ्ख्या ऐतिहासिक न्यून विन्दुमा झरेको हो।
मन्त्रालयको प्रारम्भिक तथ्यांकले सन् २०२५ मा ७ लाख ५ हजार ८०९ शिशु जन्मिएको देखाएको छ। यो अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशत (१५,१७९) ले कम हो। सन् १८९९ देखि तथ्यांक राख्न थालिएयताकै यो सबैभन्दा कम जन्मदर हो। यस तथ्यांकमा जापानमा बस्ने विदेशी नागरिकका सन्तान पनि समावेश छन्।
सरकारले जन्मदर बढाउन विभिन्न प्रयास गरे पनि अवस्था चुनौतीपूर्ण देखिएको छ। राष्ट्रिय जनसंख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थानले प्रक्षेपण गरेको समयभन्दा १५ वर्षअगावै जन्म संख्या ७ लाखको हाराहारीमा झरेको हो। विगत एक दशकमा वार्षिक जन्मदर करिब ३० प्रतिशतले घटेको छ।
तथ्यांकअनुसार गत वर्ष १६ लाख ५ हजार ६५४ जनाको मृत्यु भयो। अघिल्लो वर्षको तुलनामा मृत्युदरमा केही गिरावट आए पनि जन्म र मृत्युबीचको अन्तर (प्राकृतिक जनसंख्या गिरावट) बढेर झन्डै ९ लाख पुगेको छ, जुन आफैँमा कीर्तिमानी हो।
जापानका ४७ मध्ये ४५ प्रिफेक्चर (प्रदेश) मा जन्मदर घटेको छ। सात प्रिफेक्चरमा ५ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ। यद्यपि, राजधानी टोकियोमा भने नौ वर्षयता पहिलो पटक जन्मदर १.३ प्रतिशतले बढेर ८८ हजार ५१८ पुगेको छ। जापानभर हुने कुल जन्ममध्ये करिब ३० प्रतिशत टोकियो र आसपासका क्षेत्रमा मात्र हुने गरेको छ।
पछिल्लो समय विवाहको संख्यामा भने केही सुधार देखिएको छ। कोभिड–१९ पछि विवाह व्यवसायमा आएको सुधारसँगै सन् २०२५ मा विवाह गर्नेको संख्या १.१ प्रतिशतले बढेर ५ लाख ५ हजार ६५६ पुगेको छ। सोही अवधिमा सम्बन्धविच्छेद गर्नेको संख्या भने घटेको छ।
बढ्दो वृद्ध जनसंख्या र घट्दो जन्मदरले जापानको सामाजिक सुरक्षा र पेन्सन प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ। उप–प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले धेरै मानिसको बच्चा जन्माउने चाहना पूरा हुन नसकेको स्वीकार गर्दै भने, “हामीले अहिलेसम्म घट्दो जन्मदरलाई उल्ट्याउन सकेका छैनौँ।”
उनले युवा पुस्ताको आय बढाउने र स्थिर रोजगारी सुनिश्चित गरेर ढुक्कसँग सन्तान हुर्काउन सक्ने समाज निर्माण गर्ने लक्ष्य रहेको बताए।
घट्दो जन्मदर जापानको मात्र नभई विश्वव्यापी समस्या बनिरहेको छ। सन्तान पालनपोषणका लागि उत्कृष्ट प्रणाली भएको मानिने फ्रान्समा समेत दोस्रो विश्वयुद्धपछि पहिलो पटक सन् २०२५ मा जन्मभन्दा मृत्युको संख्या बढी देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
