सरकारी टिभी प्रस्तोताले आँखाभरि आँसु पार्दै खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।
इरानको सरकारी टेलिभिजनले त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ। सरकारी टिभी प्रस्तोताले आँखाभरि आँसु पार्दै खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।
शनिबार, अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरेको थियो। आइतबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा खामेनीको मृत्युको दाबी गरेका थिए। "इतिहासको सबैभन्दा खराब व्यक्ति मध्ये एक, खामेनी अब मरेका छन्," ट्रम्पले ट्रुथ सोशलमा लेखे।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणको क्रममा खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको इरानको फार्स समाचार एजेन्सीले पुष्टि गरेको छ। यस्तै, खामेनीकी एक बुहारीको पनि मृत्यु भएको समाचारमा बताइएको छ।
इरानका अन्तिम शाह (राजा) का निर्वासित छोरा रेजा पहलवीले यसअघि नै सर्वोच्च नेता खामेनीको मृत्युको दाबीको स्वागत गरेका थिए। उनले 'हजारौं इरानीहरूलाई मार्ने खामेनी अब इतिहासको हिस्सा बनेका छन्,' भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। साथै उनले खामेनीको मृत्युसँगै इस्लामिक गणतन्त्रको प्रभाव समाप्त भएको पनि उल्लेख गरेका छन्।
उनले इरानी अधिकारीहरूलाई नयाँ नेता नचुन्न अपील गर्दै सेना र प्रहरीलाई अब जनतासँग सम्पर्क गर्ने अन्तिम मौका रहेको बताए। "यो हाम्रो महान राष्ट्रिय उत्सवको सुरुवात हो, तर यो अन्त्य होइन," उनले लेखे।
१९७९ को क्रान्तिपछि रेजा पहलवी आफ्नो परिवारसहित देश छोडेर अमेरिकामा बस्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
