नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० को बिन्दुमा पुग्दा पाँच अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा कारोबारको पहिलो दिन दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २,६७४.२० को बिन्दुमा पुगेको हो। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.७२ प्रतिशतको वृद्धि हो।
आज ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद–बिक्री हुँदा कुल पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहका उपसूचकहरू बढेका छन्। कम्पनीगत रूपमा हेर्दा सलपा विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ। यता हिमस्टार ऊर्जा कम्पनीको शेयर मूल्यमा भने ४.१६ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३६ करोड ५ लाख ३ हजार १४० रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
