सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।