सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३ र अछाममा २ तथा बाँकी जिल्लामा १/१ निर्वाचन क्षेत्र छन्। तराईं जिल्लाहरू कैलाली र कञ्चनपुरमा रास्वपाको ठूलो अग्रता छ।
काठमाडाैँ– प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा रास्वपाले अग्रता बनाएको छ।
यद्यपि यस क्षेत्रबाट शुरूआती विजय भने नेकपा एमालेले बझाङबाट निकालेको छ। बझाङमा एमाले उम्मेदवार रहेका ऐन महरले कांग्रेस उम्मेदवार प्रकाश स्नेहीलाई २२ सयभन्दा धेरै मतान्तरले पराजित गरेका छन्। महरले १८ हजार ५४३ मत प्राप्त गरेका हुन्।
सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३ र अछाममा २ तथा बाँकी जिल्लामा १/१ निर्वाचन क्षेत्र छन्।
दार्चुलामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिन्छ। निर्वाचन आयोगले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार त्यहाँ कांग्रेसका धर्मानन्द जोशीले ६ हजार ३६३ मत ल्याउँदा एमालेका गणेशसिंह ठकुन्नाले ६ हजार १३९ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार मत कटाउँदा अन्य दलका उम्मेदवारले एक हजार मत पनि पाउन सकेका छैनन्।
यस्तै, बाजुरामा पनि कांग्रेसकै अग्रता छ। कांग्रेसका जनकराज गिरी एमालेका राजबहादुर थापाभन्दा करिब १३०० मतले अगाडि रहँदै ४ हजार ५७४ मत प्राप्त गरेका छन्। रास्वपाका उम्मेदवार हेमराज थापाले अहिलेसम्म २ हजार ३३ मत पाएका छन्।
डोटीमा पनि कांग्रेसका भरतबहादुरले १३ हजार ३०१ मतसहित अग्रता बनाएका छन्। एमालेका दिपकबहादुर धामीले १२ हजार ३३३ मत ल्याउँदा रास्वपाका नरेन्द्रबहादुर खड्का १० हजार नजिक छन्। प्रदेशका पहिलो मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का त्रिलोचन भट्टले ५ हजार मत पनि कटाउन सकेका छैनन्।
अछाम क्षेत्र नं १ मा एमाले र कांग्रेससँग निकट प्रतिस्पर्धा गरिरहेका नेकपाका भीमबहादुर रावल ६ हजार ७२४ मतका साथ अगाडि छन्। एमालेका दिपकबहादुर साउँद करिब दुईसय मत र कांग्रेसका भरतकुमार स्वार तीन सय मतले पछाडि छन्।
अछाम क्षेत्र नं २ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहका तत्कालीन स्वकीय सचिव भूपदेव शाह शुरूआतदेखिन नै तेस्रो स्थानमा छन्। यहाँ एमालेका यज्ञबहादुर बोगटी ३ हजार २२७ मतसहित अगाडि हुँदा कांग्रेसका पुष्पबहादुर शाह २ हजार २६४ मतले दोस्रो स्थानमा छन्।
बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा रास्वपाले ठूलो अन्तरको अग्रता बनाइराखेको छ।
बैतडीबाट रास्वपाका हरिमोहन भण्डारी ५ हजार ९९१ मतसहित अगाडि छन्। पूर्व उद्योगमन्त्री एमालेका दामोदर भण्डारीले उनलाई ५०० करिब मतले पछ्याइरहेका छन्। कांग्रेसबाट उम्मेदवार उठेका नेपाली क्रिकेट संघका निवर्तमान अध्यक्ष चतुर बहादुर चन्द तेस्रोमा छन्।
अहिलेसम्म कांग्रेसको एकलाैटीजस्तै मानिने डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीले ठूलो अग्रता कायम राखेका छन्। कांग्रेसका नैनसिंह महरभन्दा साढेतीन हजार धेरै मतसहित उनले ९ हजार ७६८ मत पाएका छन्।
सुदूरपश्चिमका तराईं जिल्लाहरू कैलाली र कञ्चनपुरमा पनि रास्वपाले ठूलो मतान्तरसहित अग्रता कायम राखेको छ।
कञ्चनुपुर क्षेत्र नं १ मा रास्वपाका जनकसिंह धामी १४ हजार ४०० भन्दा धेरै मतसहित अग्रस्थानमा छन्। नेकपाका संयोजक पुष्पकमल दाहालकी बुहारी बिना मगर ५ हजार २०० मतसहित दोस्रो स्थानमा छिन्।
यहाँको क्षेत्र नं २ मा रास्वपाका दिपक बोहोरा २३ हजारभन्दा धेरै मतसहित अग्रस्थानमा रहँदा पूर्व परराष्ट्रमन्त्री एनपी साउँद ७ हजार ६७० मतसहित दोस्रोमा छन्। यस्तै, क्षेत्र नं ३ मा रास्वपाका ज्ञानेन्द्र महता कांग्रेसका हरि बोहोराभन्दा झन्डै ७०० हजार मतले अगाडि छन्। अहिलेसम्म ज्ञानेन्द्रले १० हजा १९० मत प्राप्त गरेका छन्।
कैलालीमा पनि ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू धेरै मतान्तरले अगाडि छन्। कैलाली क्षेत्र नं १ बाट रास्वपाकी कोमल ज्ञवालीले १६ हजार ३९२ मत पाउँदा उनका निकट प्रतिस्पर्धी कांग्रेसका जनकराज चाैधरीले ११ हजार ३१५ मत पाएका छन्। क्षेत्र २ मा सामाजिक अभियन्ताका रूपमा चिनिएका रास्वपा उम्मेदवार केपी खनाल एमालेका उम्मेदवारभन्दा १२ सय मतले अगाडि छन्।
क्षेत्र ३ मा रास्वपाका जगतप्रसाद जोशी निकट प्रतिस्पर्धी नेकपाका विरमान चाैधरीभन्दा ४ हजार मतले अगाडि छन् भने क्षेत्र ४ मा रास्वपाका खेमराज कोइराला कांग्रेसका गोरख विष्टभन्दा करिब ६ हजार मतले अगाडि छन्। यस क्षेत्रबाट पूर्वमन्त्री तथा एमालेका उम्मेदवार लेखराज भट्ट तेस्रो स्थानमा छन्।
यस्तै, क्षेत्र नं ५ मा पनि रास्वपाकै आनन्दबहादुर चन्द झन्डै २४ हजार ६२ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका कांग्रेसका नरनारायण शाह ८ हजार ६५४ मत पाउँदा नेकपाका प्रेम आले ६ हजार ४१७ मतसहित तेस्रोमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
