सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ- नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो। आज चाँदी तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।