दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ।

काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार)सुनको मूल्य दुई हजार रुपैयाँले घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ। बुधबार सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ रहेको थियो।