बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को बिन्दुमा पुगेको छ भने साढे १४ अर्बको शेयर कारोबार भएको छ।
काठमाडौँ– यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को बिन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार ४६.७८ अंकले घटेको नेप्सेमा बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ।
नेप्सेका अनुसार बिहीबार ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर १ लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो।
आज होटल तथा पर्यटन ०.३५, निर्जीवन बीमा ०.०४ र अन्य समूह ०.७४ प्रतिशतले घटेका छन् भने बाँकी सबै समूहका उपसूचकमा वृद्धि भएको छ। सबैभन्दा धेरै बैंकिङ समूह २.०२ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक १.२८, वित्त १.३०, जलविद्युत् १.१० र लगानी समूह १.१४ प्रतिशतले बढेका छन्।
यसैगरी जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.२७ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले बढेका छन्।
आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कातिर, कुमारी सबल योजनाको शेयर मूल्य सबैभन्दा धेरै ३.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ, जसको ६७ करोड ७९ लाख ४३ हजार ५८८ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा एचआईडीसीएलको २६ लाख २५ हजार ७३२ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
