इरानसँगको बढ्दो द्वन्द्वका कारण तेलको मूल्यमा देखिएको उच्च वृद्धिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा रणनीतिमा फेरबदल गरेका छन्।
इरानसँगको बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेल र पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा उकालो लागेको छ। यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्न बाध्य पारेको छ।
अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले प्रतिग्यालन करिब ३.६ डलर पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर मात्र थियो। इन्धनको मूल्य सस्तो बनाउने ट्रम्पको पुरानो दाबी विपरित अहिले मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन्।
यस विषयमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भने, "संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक हो। तेलको मूल्य वृद्धिले हामीलाई ठूलो आम्दानी गराउँछ।" उनको यो भनाइले देशभित्रको राजनीतिक स्वार्थ र विश्वव्यापी रणनीतिक दबाबबीचको सन्तुलन मिलाउनुपर्ने चुनौतीलाई स्पष्ट पारेको छ।
हाल हर्मुज स्ट्रेटमा तेल र प्राकृतिक ग्यास बोक्ने ट्यांकरहरू रोकिएका कारण आपूर्ति शृंखलामा गम्भीर अवरोध देखिएको छ। सामान्य अवस्थामा हर्मुज स्ट्रेट भएर दैनिक २० मिलियन ब्यारेल तेलको ओसारपसार हुने गर्दछ, तर अहिले अधिकांश ट्यांकरहरूले यो मार्ग प्रयोग गर्न छाडेका छन्। यसको प्रत्यक्ष असर विश्वबजारमा परेको छ र ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ४१० डलरसम्म पुगेको छ।
बजारको अस्थिरता नियन्त्रण गर्न ट्रम्प प्रशासनले केही रणनीतिक कदमहरू चालेको छ। प्रशासनले रुसबाट तेल आयात गर्ने प्रक्रियालाई सहज बनाउन अस्थायी अनुमति दिएको छ। यसअघि भारतलाई पनि रुसी तेल खरिदका लागि अनुमति दिइएको थियो। साथै, अमेरिकी बन्दरगाहमा ऊर्जा र कृषि सामग्रीको आपूर्ति सुनिश्चित गर्न 'जोन एक्ट'को मापदण्डमा समेत अस्थायी छुट दिने तयारी गरिएको छ।
गोल्डम्यान साक्सका विश्लेषकहरूले उच्च तेल मूल्यले मुद्रास्फीति बढाउने, आर्थिक वृद्धिदर खुम्च्याउने र बेरोजगारी निम्त्याउन सक्ने चेतावनी दिएका छन्। यद्यपि, राष्ट्रपति ट्रम्पले उच्च तेल मूल्यलाई दीर्घकालीन सुरक्षा र अमेरिकी प्रभुत्वको अवसरका रूपमा व्याख्या गरेका छन्। ट्रम्पको रणनीतिअनुसार अमेरिकी सेना इरानको आक्रामक क्षमता नष्ट गर्न केन्द्रित छ, जसले भविष्यमा तेल आपूर्ति सुरक्षा सुनिश्चित गर्ने दाबी प्रशासनको छ।
हाल अमेरिका पनि उच्च इन्धन मूल्यको चुनौतीसँग जुधिरहेको छ। प्रशासनले आपूर्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय सहयोग र सैन्य रणनीतिसहित दीर्घकालीन समाधान खोज्ने प्रयास गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
