यूएनएचसीआरका अनुसार इरानमा ३२ लाख मानिस विस्थापित भएका छन्। उनीहरूमध्ये शरणार्थी परिवारहरू विशेष रूपमा बढी जोखिममा छन्, जसको अवस्था पहिले नै अनिश्चित थियो र सहयोगको पहुँच पनि सीमित छ।
संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले शुक्रबार मध्यपूर्व युद्धमा फसेका केही जोखिममा रहेका आप्रवासीहरूलाई इरान छोड्न मद्दत गरिरहेको जनाएको छ। सो निकायका अनुसार थप सयौँलाई सहयोग गर्न अनुरोध प्राप्त भएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले ठूलो बमबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासीहरू अत्यधिक जोखिममा रहेको उल्लेख गरेको छ। आइओएम संकटमा परेका आप्रवासी र अन्य तेस्रो देशका नागरिकलाई सहयोग गर्न आफू तयार रहेको बताएको छ।
आइओएमका पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोनले जेनेभामा पत्रकारहरूसँग भने, “हामीले केही आप्रवासीहरूलाई इरानबाट स्वदेश फर्कन सहयोग गरिसकेका छौँ।”
सहयोग गरिएका व्यक्तिको राष्ट्रियता वा अनुरोधको विवरण गोप्य राख्दै उनले थपे, “अहिलेसम्म सयौँ अनुरोधहरू प्राप्त भइसकेका छन् र यो सङ्ख्या दिन प्रतिदिन बढ्दो छ।”
जोनले आप्रवासीका गृहदेशबाट आउने सहयोगको अनुरोध चाँडै नै हजारौँमा पुग्न सक्ने आकलन गरे।
फेब्रुअरी २८ मा शुरू भएको सैन्य आक्रमणपछि युद्ध यस क्षेत्रभरि फैलिएको छ। यसले विश्वका शक्तिहरूको ध्यान आकर्षित गर्नुका साथै ठूलो इन्धन संकट निम्त्याएको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय युएनएचसीआरका अनुसार इरानमा ३२ लाख मानिस विस्थापित भएका छन्। उनीहरूमध्ये विशेष गरी शरणार्थी परिवारहरू बढी जोखिममा छन्, जसको अवस्था पहिले नै अनिश्चित थियो र सहयोग नेटवर्क पनि सीमित थियो।
संयुक्त राष्ट्रसंघका अनुसार इरान विश्वकै सबैभन्दा धेरै आप्रवासीलाई शरण दिएको देशमध्ये एक हो, जहाँ लाखौँ अफगानी र इराकीसहित ठूलो आप्रवासी जनसंख्या बसोबास गर्छ।
विकल्पहरू आवश्यक
आइओएमले उद्धार सहायताका लागि मुख्य अवरोध ‘स्रोतको अभाव’ रहेको जनाएको छ।
जोनले भने, “यदि हामीसँग पर्याप्त स्रोत छ भने, हामी आप्रवासीहरूको स्वदेश फिर्ती र उद्धारलाई सहजीकरण गर्न सक्षम छौँ। यो निकासी अभियान निकै महँगो छ; २०० मानिसलाई उद्धार गर्न मात्र करिब ६ देखि ७ लाख अमेरिकी डलरको आवश्यकता पर्छ, जसका लागि हामीले सहयोग आह्वान गरेका छौँ।”
इरानका लागि आइओएमका नियोग प्रमुख साल्भाडोर गुटिरेजले एक विज्ञप्ति जारी गर्दै इरानमा मारिने आप्रवासी कामदारको सङ्ख्या उच्च रहेको यसअघि नै बताएका थिए। उनले थपे, “यसले सुरक्षित र संघठित स्वदेश फिर्तीका विकल्पहरू प्रदान गर्ने आवश्यकतालाई थप जोड दिन्छ।”
आइओएमले द्वन्द्वबाट प्रभावित लेबनानका केही दूतावासहरूले आफ्ना नागरिकलाई उद्धार गर्न मद्दत मागेको जानकारी दिएको छ।
लेबनानका लागि आइओएमका नियोग प्रमुख म्याथ्यू लुसियानोले जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भने, “यस चरणमा, सम्भावित उद्धारको तयारी गर्न निकै मद्दत मिलेको छ।”
द्वन्द्वले लेबनानमा ठूलो प्रभाव पारेको छ। अधिकारीहरूका अनुसार हालसम्म ६८७ जनाको मृत्यु भएको छ भने आठ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। लुसियानोले भने, “आइओएमको अनुमान अनुसार लेबनानमा बस्ने करिब दुई लाख आप्रवासीमध्ये कम्तीमा ३० हजार जना विस्थापित भइसकेका छन्।”
युएनएचसिआरका अनुसार हालको द्वन्द्वपछि लेबनानमा बसोबास गर्ने ९४ हजारभन्दा बढी सिरियाली र १० हजार लेबनानी नागरिक सिरिया प्रवेश गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
