इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन भर्ने विमान दुर्घटना हुँदा चालक दलका ६ जनाको मृत्यु भएको छ। यस घटनासँगै जारी इरान-अमेरिका द्वन्द्वमा परी ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगे छ।
अमेरिकी ‘सेन्ट्रल कमान्ड’ (सेन्टकम)ले इराकमा अमेरिकी सेनाको इन्धन भर्ने विमान दुर्घटना हुँदा त्यसमा सवार चालक दलका सबै ६ जनाको मृत्यु भएको जनाएको छ।
घटनामा कुनै पनि प्रकारको शत्रुतापूर्ण कारबाही वा आफ्नै सेनातर्फबाट भएको गोलाबारीको संलग्नता नदेखिएको बताइएको छ। विमान इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानमा प्रयोग भइरहेको थियो। यस घटनामा दुई वटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गरेको थियो।
युद्धका बेला आकाशमै अन्य विमानमा इन्धन भर्न प्रयोग गरिने ‘यूएस केसी–१३५’ विमान दुर्घटनामा चालक दलका सदस्यहरूको मृत्यु भएसँगै यस क्षेत्रमा जारी द्वन्द्वमा परी ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको पेन्टागनले पुष्टि गरेको छ।
सेन्टकमले आफ्नो आधिकारिक पोस्टमा भनेको छ, “पश्चिमी इराकमा दुर्घटनाग्रस्त ‘यूएस केसी–१३५’ विमानमा सवार चालक दलका सबै ६ सदस्यको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटना शत्रुको निशाना वा आफ्नै समूहको गलत प्रहारका कारण भएको कुनै संकेत फेला परेको छैन। हाल दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।”
यद्यपि, ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक इरान समर्थित सशस्त्र समूहको गठबन्धनले भने उक्त विमान आफ्नो समूहले क्षेप्यास्त्र प्रहार गरी खसालेको दाबी गरेको छ। उनीहरूले सोही क्रममा अर्को विमानलाई पनि निशाना बनाएको बताएका छन्।
मध्यपूर्वमा द्वन्द्व शुरू भएयता यस समूहले इराक र त्यस आसपासका क्षेत्रमा अमेरिकी हितलाई लक्षित गरी दैनिक आक्रमण गर्दै आएको दाबी गर्छ। युद्धका क्रममा हालसम्म गुमेको यो केसी–१३५ कम्तीमा चौथो अमेरिकी सैन्य विमान हो। यसअघि कुवेतमा भएका केही घटनामा तीन वटा एफ–१५ विमान खसेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
