पेट्रोल र डिजेलको मूल्य बढ्यो

निगमका अनुसार पेट्रोलमा १५, डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढेको हो।

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा १५,  डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढेको हो। अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।"

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।