सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ को बिन्दुमा कायम भएको छ भने ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ को बिन्दुमा कायम भएको हो। यो ०.९२ प्रतिशतको गिरावट हो।
सोमबार ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबारको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको ६ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.६१, विकास बैंक ०.८४, वित्त ०.७१, होटल तथा पर्यटन ०.२६, जलविद्युत् ०.६१, लगानी १.५२ र जीवन बीमा समूह ०.९४ प्रतिशतले घटेको छ। लघुवित्त ०.९५, म्युचुअल फन्ड ०.४६, निर्जीवन बीमा ०.४५, व्यापार १.०९ र अन्य समूह १.०९ प्रतिशतले घटेको छ।
सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनीका ६८ करोड ७७ लाख २४ हजार ७६१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनीको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
