हिन्दु पौराणिक कथा र 'टाइम ट्राभल'को अवधारणामा आधारित लघु चलचित्र ‘कल्पवृक्ष’ले भक्तपुर चलचित्र महोत्सवमा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।
काठमाडौँ– लघु चलचित्र (सर्ट मुभी) ‘कल्पवृक्ष’ले भक्तपुर चलचित्र महोत्सवमा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ। चक्रे, चाहना र अतीत— ‘कल्पवृक्ष’ का मुख्य पात्र हुन्। दिवस पौडेलको निर्देशनमा बनेको यस चलचित्रले हिन्दु पौराणिक कथाबाट प्रेरित भई ‘टाइम ट्राभल’ को अवधारणामा यी तीन पात्रको जीवनचक्रलाई प्रस्तुत गरेको छ।
शुक्रबार भक्तपुरस्थित नेसनल भोकेसनल एकेडेमीमा शुरू भएको दुईदिने ‘भक्तपुर चलचित्र महोत्सव’ मा प्रदर्शित सो सर्ट मुभीले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको हो। स्वतन्त्र फिल्मकर्मीका सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित यस महोत्सवमा फागुन ६ र ७ गते करिब २४ वटा चलचित्र प्रदर्शन गरिएका छन्।

नवीन सुब्बाको चर्चित फिल्म ‘गाउँ आएको बाटो’ को प्रिमियरसँगै कार्यक्रमको औपचारिक शुरूआत भएको थियो। महोत्सवको दोस्रो दिन सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ बाट सुरु भई सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ प्रदर्शनसँगै समापन भयो। नेवा संस्कृति समेटिएको फिल्म ‘किजा पूजा’ पहिलो दिन देखाइयो भने ‘नेवा बुद्धिजम इन नेपाल’ दोस्रो दिन प्रदर्शन गरियो।
महोत्सवको पहिलो दिन अपेक्षा गरेभन्दा बढी र उत्साहजनक सहभागिता रहेको संयोजक सफल वैद्य बताउँछन्। पहिलो पटकको प्रयासमा विभिन्न चुनौतीका बाबजुद सकारात्मक प्रतिक्रिया पाएको वैद्यले बताए। यद्यपि, महोत्सव निर्धारित समयसीमाभित्रै सञ्चालन हुनुपर्ने विषयमा आगामी दिनमा ध्यान दिइने उनले जानकारी दिए।

महोत्सव निर्देशक किरण किलम्बुले पहिलो प्रयासमा प्राप्त उत्साहजनक सहभागिताले आगामी वर्षका लागि हौसला दिएको बताए। “हाम्रो प्रयास भनेको भक्तपुरबाट पनि यस्ता फिल्महरू बन्नुपर्छ र फिल्म साक्षरता बढाउनुपर्छ भन्ने हो,” उनी भन्छन्, “यही शहरको कथा फिल्ममार्फत आउन सके अझ राम्रो हुनेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
