विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपछि घोषणापत्र जारी भएको हो।
काठमाडाैँ– जलवायु न्यायको लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेलगायत ९ बुँदे गोक्यो घोषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ।
विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपछि घोषणापत्र जारी भएको हो। घोषणापत्रमा जलवायु कुटनीति सुढृढीकरण गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्ने उल्लेख छ।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्यामु गाउँपालिका र जलवायु न्याय तथा पर्यटन विकासमा सक्रिय संस्था ‘साथसाथै’ले आयोजना गरेको गोक्यो जलवायु सम्मेलन पछि घोषणापत्र जारी गरेको हो। विषयगत विज्ञसहित काठमाडौँदेखि लुक्ला–नाम्चो–खुम्जुङ–मचेर्मो हुँदै टोली गोक्यो पुगेर सो घोषणापत्र जारी गरेको हो। प्रतिनिधि सभाका पूर्वउपसभामुख तथा सांसद इन्दिरा राना मगरले घोषणापत्र पढ्दै नागरिक तहबाट जलवायु न्यायको लागि सरकालाई झक्झक्याउने काम गरेकामा आयोजकप्रति खुसी प्रकट गरिन्।
अन्तरक्रियामा सहभागी हुँदै गोक्यो पुगेका हिमनदीविज्ञ अरूणभक्त श्रेष्ठले हिमताल फुट्ने जोखिमको खतरा सम्बोधन गर्न सम्मेलन महत्त्वपूर्ण रहेको बताए। सम्मेलनमा सहभागी युवा नेतृ टासी लाजुम, नवीकरणी उर्जा अनुसन्धानकर्ता कुशल गुरूङ, अधिकारकर्मी समा श्रेष्ठ, अधिवक्ता सरोज घिमिरे, सञ्चारकर्मी विजय पौडेलसहितले घोषणापत्रको बुँदा पढ्दै सहमति जनाएको आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले बताइन्।
टोलीले खुम्जुङमा महिलाहरूसँग सामूदायिक संवाद, घरधुरी सर्वेक्षण गरेको थियो भने जलवायु परिवर्तनले ल्याएको खतराको विषयमा गोक्योमा अवस्थित विभिन्न हिमतालहरूको अवलोकन गरेको थियो।
घोषणापत्रमा वर्तमान उर्जा संकट निवारण र समाधान गर्न लैंगिक संवेदनशील र वातावरणमैत्री दिगो उर्जा समाधान अपनाउन सरकारलाई सुझाव समेत दिइएको छ।
घोषणापत्रसहितको अध्ययन प्रतिवेदन स्थानीय गाउँपालिका, प्रदेश र संघीय सरकार साथै नीतिगत व्यवस्थापनका लागि संघीय संसदलाई समेत बुझाइने आयोजक साथसाथैका संस्थापक सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
