मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्न र हर्मुज जलमार्ग खुलाउन अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताबारे छलफल गर्न इरानी विदेशमन्त्री इस्लामाबादमा रहेका बेला अमेरिकी विशेष दूतहरू पनि त्यसतर्फ प्रस्थान गरेका छन्।
अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति वार्ताको दोस्रो चरण सुरु गर्न अमेरिकी दूतहरू शनिबार पाकिस्तानको राजधानी इस्लामाबादतर्फ प्रस्थान गरेका छन्। यद्यपि, इरानी सञ्चारमाध्यम ‘इर्ना’ले इरानी प्रतिनिधिमण्डलको अमेरिकी दूतहरूसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने कुनै योजना नरहेको बताएको छ।
अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर इस्लामाबादका लागि प्रस्थान गरेपछि ह्वाइट हाउसले इरानी प्रतिनिधिहरूसँग ‘प्रत्यक्ष कुराकानी’ गर्ने लक्ष्य रहेको जानकारी दिएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले विटकोफ र कुश्नर ‘इरानी प्रतिनिधिमण्डलका सदस्यहरूसँग वार्तामा प्रत्यक्ष संलग्न हुन’ पाकिस्तान गएको बताइन्। लेविटले भनिन्, “राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको प्रस्तावमा वार्ता गर्न इरानीहरूले सम्पर्क गरेपछि हाम्रो टोली पाकिस्तानतर्फ गएको हो। यस वार्ताले सम्झौताको दिशामा ठोस प्रगति गर्ने आशा छ।”
यसअघि शुक्रबार नै इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद आइपुगेका थिए। इरानी स्रोतका अनुसार अराघचीले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँग भेटवार्ता गरेका छन्। तेहरानको दूतावासले सार्वजनिक गरेको भिडियोमा दुवै जना सँगै देखिएका छन्।
मध्यपूर्व युद्ध अन्त्य गर्नु आफैँमा जटिल विषय भए पनि विश्वका लागि महत्त्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पुनः सञ्चालनमा ल्याउन यो वार्ता आवश्यक मानिएको छ।
यसअघि इस्लामाबादमा भएको पहिलो चरणको वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति जेडी भान्सले तत्काल आफू वार्तामा सामेल नहुने तर आवश्यक परेमा पाकिस्तान जान तयार रहेको बताएका छन्।
इरान र अमेरिका दुवै पक्षका परस्पर विरोधी भनाइले गर्दा प्रत्यक्ष भेटवार्ता हुन्छ वा हुँदैन भन्ने अझै स्पष्ट छैन। इरानको सरकारी टेलिभिजनले अराघचीको अमेरिकीहरूसँग प्रत्यक्ष भेट्ने कुनै कार्यक्रम नरहेको र इस्लामाबादले इरानी प्रस्तावहरू ‘सम्प्रेषण’ गर्ने पुलको रूपमा मात्र काम गर्ने जनाएको छ। त्यस्तै, पाकिस्तानको विदेश मन्त्रालयले विटकोफ र कुश्नरसँगको वार्तालाई प्रत्यक्ष सन्दर्भ नदिई, अराघची ‘क्षेत्रीय शान्ति र स्थिरताका लागि जारी प्रयास’ बारे छलफल गर्न आएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
