तुइन खोलामा ढुंगा खसेर गाडीमा आगलागी

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा माथिबाट खसेको ढुंगाले लाग्दा एक सवारीसाधनमा आगलागी भई क्षति पुगेको छ।

चितवन– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुंगा खसेर गाडीमा आगलागी भएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख ४०१४ नम्बरको गाडीमा आगलागी भएको हो।

माथिबाट खसेको ढुंगा गाडीको इन्धन ट्यांकीमा ठोक्किँदा आगलागी भएको र गाडीमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उक्त दुर्घटनाबाट मानवीय क्षति भने नभएको उनले बताए।