अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज खुला गर्ने सम्झौताको सम्भावना अझै अनिश्चित रहेको यूएईका सल्लाहकार अनवर गार्गासले बताए।
अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (यूएई)का एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन्। हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०–५०’ मात्र सम्भावना रहेको यूएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताएका हुन्।
उनले इरान सरकार (तेहरान)लाई मध्यपूर्व युद्धको यस कमजोर युद्धविरामका बेला वार्तालाई पटक–पटक रोक्ने र शुरू गर्ने नगर्न आग्रह गरे। साथै यस विषयमा बढी सौदाबाजी नगर्न पनि उनले सचेत गराए।
“इरानी अधिकारीहरूले वर्षौंदेखि धेरै अवसरहरू गुमाएका छन्, किनकि उनीहरूमा अवसरलाई बढी आँकलन गर्ने प्रवृत्ति छ,” प्रागमा ग्लोबसेक फोरमलाई सम्बोधन गर्ने क्रममा गार्गासले भने, “मलाई आशा छ, उनीहरूले यस पटक त्यसो गर्नेछैनन्।”
अमेरिकी सैन्य सुविधाहरू रहेको तेल धनी देश यूएईलाई फेब्रुअरी २८ देखि शुरू भएको ४० दिनको युद्धका क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलहरूले निशाना बनाएको गार्गासले बताए।
उनले अगाडि भने, “इरानले नाकाबन्दी गरेको हर्मुज जलमार्गले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँचौँ हिस्सा (पाँच भागको एक भाग) ओगट्छ। त्यसैले यो मार्ग चाँडै सामान्य अवस्थामा फर्कनु पर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
