रास्वपा सभापति रवि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता‍

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको बताएका छन्।

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेट्न पाउँदा खुशी लागेको बताएका छन्।

"एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्णरूपमा सहमत छु," उनले एक्समा नेपाली भाषामै लेखेका छन्, "हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं।"