प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले आज छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल-चीन तथा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
चिनियाँ राजदूत चाङ माओमिङसँगको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए। राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
यस्तै, भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित तथा सहकार्यका विविध विषयमा छलफल भयो। सो अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने बताए भने राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहको कार्यकालको सफलताको शुभकामना दिँदै दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
