चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।
काठमाडौँ– चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।
"चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेको जानकारी प्राप्त भएको थियो। उक्त अवस्थाका कारण माथिल्लो भोटेकोशी क्षेत्रमा थप पानीको बहाव उत्पन्न हुन सक्ने सम्भावनालाई तत्काल पूर्णरूपमा नकार्न नसकिने भएकाले भोटेकोशी - त्रिशूली नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको छ," प्रतिवेदनमा उल्लेख छ।
महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको भन्दै अर्को सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरेको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुलगायतका ठाउँमा ठूलो भौतिक तथा मानवीय क्षति गरेको छ। ती ठाउँका स्वचालित जलमापन केन्द्र बाढीले बगाएको प्रारम्भिक प्राविधिक प्रतिवेदनमा उल्लेख छ।
मलेखुस्थित फुर्के खोलाको पुलमा समेत बाढीले क्षति पुर्याएको छ। प्राविधिक विश्लेषणअनुसार चितवनको देवघाटबाट करिब १ करोड ९९ लाख ६० हजार घनमिटर अतिरिक्त बाढीजन्य पानी तल्लो तटीय क्षेत्रमा पुगेको छ।
नेपाल प्रहरीको बुधबार राति ११:०५ बजेसम्मको विवरणअनुसार बाढीमा परी ७ जिल्लामा १५७ जनाको शव फेला परेको छ। रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
