वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।
काठमाडौँ– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ।
तर, वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ। सडकमा एक पटकमा एउटा मात्र गाडी सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारीसाधन आएमा जाम हुने गरेको छ।
विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ।

राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एक सवारीसाधन राति १ बजे धुन्चे पुगेको थियो। यात्राका क्रममा करिब पाँच–छ वटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए।
मुख्य सडक तत्काल सञ्चालनमा आउन नसके वैकल्पिक सडकमा सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापनको व्यवस्था गर्नुपर्ने देखिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
