कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।