तुइन खोलामा पहिरो रोकथाम र माटो कटानको काम गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन आंशिक रूपमा बन्द गरिने भएको छ।
चितवन– स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्ने भएको छ।
तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज जारी सूचनामा भनिएको छ, "कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ।"
कृष्णभीरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुन्जेलसम्म यो कार्य जारी रहने सूचनामा जनाइएको छ। सवारी आंशिक रूपमा बन्द गरेर तुइन खोलामा समय-समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउने लगायतका काम गर्न लागिएको हो। तुइन खोलामा समय-समयमा पहिरो झर्ने गर्छ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागिएको हो।
सूचना अनुसार समय-समयमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने छ। नारायणगढ–मुग्लिन सडक बिहान ८:०० देखि ८:३० बजे, १०:३० देखि ११:०० बजे, दिउँसो १:०० देखि १:३० बजे, ३:५० देखि ४:०० बजे र साँझ ६:०० बजेपछिको समयमा सञ्चालन गरिने छ। यसबाहेकको समय उक्त स्थानमा सवारी रोकेर काम हुने सूचनामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
