सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालयको बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

काठमाडौँ– नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार पार्टीका उपाध्यक्ष सुवाश नेम्बाङलाई बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालयको बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “सुवास नेम्बाङ राष्ट्रपति उम्मेदवार। बधाई छ सुवास दाइ। जितिन्छ।” राष्ट्रपतिका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।