मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए।
काठमाडौँ– नेकपा एमालेका राष्ट्रपति उम्मेदवार सुवाश नेम्बाङले मनोनयन दर्ता गरेका छन्।
शनिबार संसद् भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेम्बाङले मनोनयन गरेका हुन्। मनोनयन दर्ताका लागि नेम्बाङसहित अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू संसद् भवन पुगेका थिए। यसअघि पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेम्बाङको प्रस्तावकमा अध्यक्ष ओली, नेताहरू पृथ्वी सुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्। यसै गरी समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।
इलाम नगरपालिका–७ सुन्तलाबारीमा २००९ फागुन २८ गते जन्मिएका नेम्बाङ अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । २०२८ सालदेखि राजनीतिमा निरन्तर क्रियाशील नेम्बाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष छन्। उनी २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका थिए। यस्तै नेम्बाङ प्रतिनिधिसभा निर्वाचन २०५६, संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित भएका थिए।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा पनि सोही निर्वाचन क्षेत्रबाट भए। एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत भए। २०६३ सालमा पुनः स्थापित प्रतिनिधिसभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
