कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
काठमाडौँ– सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। शाह संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हुन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशसभामा गठबन्धनमा रहेका आठ दलमध्ये कांग्रेसका १९, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ सांसद छन्। एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ।
केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहेको उनका स्वकीय सचिव धीरेन्द्र शाहीको दाबी छ। चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
