रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।
काठमाडौँ— रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९१० जना अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार हालसम्म रसुवामा १७, नुवाकोटमा २८, धादिङमा २९, चितवनमा १२१, गोरखामा २९, तनहुँमा १९, नवलपरासी (पूर्व) मा ७४ र नवलपरासी (पश्चिम) मा १५ जना गरी कुल ३३२ जनाको शव फेला परेको छ। प्रभावित क्षेत्रमा प्रहरी तथा स्थानीय निकायको समन्वयमा उद्धार र अवरुद्ध राजमार्ग खुलाउने काम तीव्र पारिएको छ।
यसैबीच, चीनतर्फ भोटेकोशी नदी थुनिएर ठूलो ताल बनेकाले तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम सिर्जना भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो सूचना जारी गर्दै नदी किनारका बासिन्दा, यात्रु र उद्धारकर्ताहरूलाई सुरक्षित स्थानमा रहन अपिल गरेको छ।
परराष्ट्र मन्त्रालयमार्फत प्राप्त भू-उपग्रह तस्वीर अनुसार गत बुधबार बाढी आएकै स्थानमा नदी थुनिएर ताल बनेको हो। चिनियाँ जलस्रोत मन्त्रालय र चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छोचेन खोला र पुरेपु त्साङपो नदीको संगम नजिकै बनेको उक्त तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने र ताल भरिइसकेकाले फुट्ने उच्च जोखिम रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
