लेबनानसँग युद्धविराम सम्झौता भए तापनि हेजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरेमा बेरुतमा सैन्य कारबाही गर्ने पूर्ण स्वतन्त्रता इजरायली सेनासँग सुरक्षित रहेको इजरायलका रक्षामन्त्रीले स्पष्ट पारेका छन्।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबनानसँगको युद्धविरामको बावजुद हेजबुल्लाहले इजरायल तथा इजरायली समुदायमाथि आक्रमण गरेमा लेबनानको सेनालाई बेरुतमा आक्रमण गर्ने ‘स्वतन्त्रता’ प्रदान गरेको र दक्षिणी लेबनानमा अपरेसन जारी रहने बताएका छन्।
काट्जले विज्ञप्ति जारी गर्दै आईडीएफले आफ्नो अपरेसनहरू जारी राख्ने बताएका छन् भने युद्धविराम सम्झौताको प्रशंसा गरेका छन्।
इजरायली सेनाले इजरायली समुदाय र इजरायली क्षेत्रमा गोली हानाहानको प्रतिक्रियामा बेरुतमा आक्रमण गर्न अमेरिकी समर्थनका साथ स्वतन्त्रता कायम राखेको उनले बताएका छन्।
गत अप्रिल १७ मा प्रारम्भिक युद्धविराम लागू भएदेखि इजरायलले आफ्नो उत्तरी सीमाभन्दा केही टाढा लेबनानी भूभागभित्र साङ्केतिक रेखा स्थापना गरेको जनाइएको छ।
काट्जले वासिङ्टनको मध्यस्थतामा भएको पछिल्लो युद्धविराम सम्झौताले लेबनानमा हेजबुल्लाहलाई निशस्त्र बनाउन आह्वान गरेको बताएका छन्।
युद्धविरामले “लिटानी नदीको दक्षिणको सम्पूर्ण क्षेत्रबाट हेजबुल्लाहलाई हटाउने र त्यस क्षेत्रलाई एक सैन्य मुक्ति क्षेत्रका रूपमा सिर्जना गर्ने” शर्त राखेको उनले उल्लेख गरेका छन्।
इजरायली सेनाका अरबी भाषाका प्रवक्ता, कर्नल अविचे अद्राईले दक्षिणी लेबनानका बासिन्दाहरूलाई अर्को सूचना नआउन्जेल जह्रानी नदीको दक्षिणतर्फको क्षेत्रमा नजान चेतावनी दिएका छन्।
इजरायली रक्षा बलले हेजबुल्लाहका सुविधाहरू र उनीहरूका सैन्य पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण तथा अपरेसन गरिरहेको उल्लेख गर्दै दक्षिणी लेबनानमा लडाइँ जारी रहेको उनले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।
गत हप्ता, इजरायली सेनाले लेबनानको जह्रानी नदीको दक्षिणका सबै क्षेत्र तथा सीमाबाट करिब ४० किलोमिटर टाढा रहेका टायर र नबातीह सहरहरू सहितका क्षेत्रहरूलाई “युद्ध क्षेत्र” घोषित गर्दै बासिन्दाहरूलाई उक्त स्थान छिट्टै खाली गर्न आह्वान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
