नेप्से‍ परिसूचक ११ अंकले घट्यो, ५ अर्ब ६२ करोडको शेयर कारोबार

शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २,७७५.४१ को बिन्दुमा झरेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११.३७ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७७५.४१ मा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७७ अंकले ओरालो लागेर ४७१.९९ मा सीमित भएको छ। कुल ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता शेयर पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिवेञ्चर, सेन्ट्रल फाइनान्स र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

कालिन्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिवेञ्चर, वेस्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन्।

यस्तै, एबिएल डिवेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले भने गुमाएका छन्।