पछिल्लो साता बढेको उखरमाउलो गर्मी र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले विद्यालयहरू बन्द गर्न थालेका छन्।
महोत्तरी- महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दै छन्। पछिल्लो पटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ।
घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असरलाई ख्याल गरेर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाएका छन्। विद्यालय बन्दको निर्णय गर्ने गौशाला र बर्दिबास दुवै जिल्लाका सुदूर उत्तरवर्ती स्थानीय तह हुन्।
जिल्लामा मध्य र दक्षिणी क्षेत्रभन्दा उत्तरी क्षेत्रमा घामको राप र गर्मीको असर बढी छ। मध्य र दक्षिणी क्षेत्रमा चिम्ट्याइलो र लिसाइलो माटो हुँदा कम तात्ने हुन्छ। तर, उत्तरी क्षेत्रको धेरैजसो भेगमा बलौटे माटो भएको हुँदा चाँडै तात्ने र तातो वाफ फैलँदा यता राप र गर्मीको असर बढेको जलवायु र मौसमविज्ञ बर्दिबास–१ का बासिन्दा नागदेव यादव बताउँछन्।
जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा पनि अब शनिबार र पर्सि आइतबारको मौसम अवस्था हेरेर यसबारे निर्णय लिने तयारीमा स्थानीय तह छन्। “शनिबार र आइतबार त नियमित साप्ताहिक बिदा नै छ, यसपछि सोमबारसम्म मौसममा सुधार नआए के गर्ने भन्ने सोचिन्छ”, एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले भने। जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन्।
यस पटक गत शनिबारयता तापक्रम निकै बढेको छ। त्यसयता दिनहुँजसो एकनासको घामको राप बढ्दो छ। मध्याह्नदेखि अपराह्न ४.०० बजेसम्म ३८ देखि ३९ डिग्री सेल्सियस तापमान रहने गरेको छ।
यो पछिल्लो साताको उखरमाउलो गर्मीले हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ। सामान्य हिँडडुल पनि सकस बनेको छ। यसले विद्यालय पढ्न जाने स–साना नानीहरू, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र कडा शारीरिक श्रम गर्ने मजदुरहरू बढी समस्यामा परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
