डब्लूएचओले कंगोमा फैलिएको इबोला महामारी नियन्त्रण र स्वास्थ्य क्षमता सुदृढ गर्न ५१ करोड ८० लाख अमेरिकी डलरको योजना कार्यान्वयनमा ल्याएको छ।
कंगो लोकतान्त्रिक गणतन्त्र (डीआरसी)मा फैलिएको इबोला प्रकोप नियन्त्रण र पूर्वतयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ। यो योजना सन् २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभई राजनीतिक प्रतिबद्धता, दिगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पारेका छन्। उनका अनुसार अफ्रिका सीडीसी र डब्लूएचओले साझेदार संस्थाहरूसँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ।
महानिर्देशक टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपंक्तिका स्वास्थ्यकर्मीको परिचालन र संक्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए। साथै, संक्रमित व्यक्तिलाई समयमै उपचारमा ल्याउन सके मृत्युदर घटाउन सकिने उनले उल्लेख गरे।
उनले डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीसँग हालै बुन्डिबुग्यो स्ट्रेनको इबोला प्रकोप र सीमा क्षेत्रको अवस्थाबारे विस्तृत छलफल भएको जानकारी समेत दिए। उक्त छलफलमा उपचार सेवा विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य संरचनाको सुधारबारे प्रगति समीक्षा गरिएको थियो।
केही बिरामीहरू पहिले नै उपचारपछि निको भएर घर फर्किसकेकाले प्रारम्भिक उपचार प्रभावकारी हुने संकेत मिलेको उनले बताए। उनले महामारी नियन्त्रणसँगै अन्य स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
डब्लूएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा अनावश्यक प्रतिबन्ध नलगाउन चेतावनी दिए। यस्ता प्रतिबन्धले राहत तथा उपचार प्रयासमा बाधा पुर्याउन सक्ने उनको भनाइ छ।
इबोला एक गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो। यो विशेषगरी बुन्डिबुग्यो स्ट्रेनबाट फैलिन सक्छ र उच्च मृत्युदरका कारण निकै जोखिमपूर्ण मानिन्छ। हालसम्म यस स्ट्रेनविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
