AnonymousUser

Logout

तोलामा १ लाख ४७ हजार पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। 

आठबीसकोट बाढी:  ३ बालिकाको शव निकालियो, १ जनाको खोजी जारी

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा सोमबार राति आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए। 

बर्दियामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु, १ घाइते

घाइते २५ वर्षीय विश्राम थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

देशभर साधारणतया बदली रही मधेश, बागमती, गण्डकी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बढ्यो पेट्रोल र डिजेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको छ।

बाढीपहिरोबाट ज्यान गुमाएकाका परिवारलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

विपद्का कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको पनि सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

वर्षाबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बजेटसम्बन्धी ३ विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ।

सिमलताल घटना अध्ययन गर्न गृहले बनायो कार्यदल

चितवनको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेको घटनाबारे अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले पाँच सदस्यीय कार्यदल बनाएका छन्।

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीको नियुक्त संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

दोहोरो अंकले घटेको शेयर बजारमा साढे ८ अर्ब बढीको कारोबार

सोमबार सिभिल बैंक डिभेन्चर–२०८८ र माण्डु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेको उपभोक्ताको गुनासो छ। अनुगमन नहुँदा व्यापारीले मनपरी दर कायम गरेर ठगी गरेको उनीहरूको भनाइ छ।

गहुँतबाट मल र जैविक विषादी उत्पादन गर्दै किसान

किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए।

ओली क्याबिनेटमा ४ दलका २१ मन्त्री

कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाको तर्फबाट १ जना मन्त्री बनेका हुन्। 

लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र

चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत खर्च गरेको छ।

नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति पाैडेलसमक्ष लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भर्खरै शीतल निवासमा आयोजित विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बढ्यो सुनचाँदीको मूल्य

छापावाल सुन आज  १ लाख ४६ हजार ९०० रूपैयाँमा कारोबार भैइरहेको छ।

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको तथा सबस्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको छ।

१६औँ पटक कोपा अमेरिका च्याम्पियन बन्यो अर्जेन्टिना

कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि चुमेको हो।

सिमलताल पहिरो: थप २ शवको पहिचान खुल्यो

शुक्रवार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई शवको पहिचान खुलेको छ।