राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका छन्।
नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका छन्।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ६ जना बेपत्ता भएका छन्।
दुर्घटना
नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले दुईवटा बस त्रिशूलीमा बगाएपछि खोजी जारी छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन्। बसमा करिब ६५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। तस्वीर: रासस/फोटो लाइब्रेरी।
मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ।
त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो।
सडक विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।
अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक सञ्जीवकुमार यादव र आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो।
रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न पनि निर्देशन दिएको छ।
गोरखा–आँबुखैरनी सडकअन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।
देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ।