सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ।
बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छन्।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
मन्त्रिपरिषद् बैठकले सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।
नेपाल सरकारका मन्त्री उपस्थित नभएपछि बिहीबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ।
बाढीका कारण चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्।
बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् …
बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २२०४.६१ को विन्दुमा पुगेको छ।
नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ।
‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’
हेलिकप्टर पाइलटले उठाएका विषयहरूको अध्ययन गरी महानिर्देशक समक्ष आवश्यक राय सुझाव बुझाउन क्यानले उक्त समिति गठन गरेको हो।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ।
बुधबार प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार एक लाख ४४ हजार ९०० निर्धारण भएको छ।
बागलुङ नगरपालिका–७ तितौरेमा बुधबार राति पहिरोमा पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ।
कैलालीमा गत वर्ष डेंगीबाट तीन जनाको मृत्यु भएको थियो। कैलाली डेंगीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ।
दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। अर्जेन्टिना क्यानडालाई हराउँदै फाइनल पुगिसकेको छ।
बागमती, गण्डकी, कोशी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।