गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुई र भरतपुर–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
तेस्रो स्थानका लागि भएको खेल निर्धारित ९० मिनेटमा २-२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो।
ट्रम्पको र्याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए। घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए।
कोशी, मधेश, बागमती र गण्डकीका आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सिमलतालमा पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ।
रोपाइँ
असार महिना सकिनै लाग्दा किसान रोपाइँमा व्यस्त छन्। कहीँ रोपाइँ सकिसकेको छ भने कहीँ बाँकी नै छ। विशेष गरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने जाने चलन रहेकाले रोपाइँ गर्न बाँकी नै छ। यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भीरकुन गाउँमा गर्न रोपाइँ गर्दै किसानहरू। तस्वीर : नेपाल फोटो लाइब्रेरी।
अर्काको नाममा प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जनाहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।
बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए।
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सरेको छ।
कांग्रेसले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरू योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ।
भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको रहेको प्रहरीले जनाएको छ।
एमाले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने या नहुने भन्नेमा अन्योल देखिएको छ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका खरिदार शम्भु आचार्यले अन्धविश्वासमा परी झारफुक या चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतीत हुँदा सर्पदंशमा परेका बिरामीले ज्यान गुमाउने गरेको बताए।
हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिबार बिहान ४ बजे पहिरोमा परेको हो।
सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो।
भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै सडक भासिएको छ।
नदीमा पानीको मात्रा बढ्दै गएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि शुक्रबार राति खोजीकार्य रोकिएको थियो।
दिउँसो देशभर साधारणतया बदली रही मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको अवैध कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।