त्रिवि पदाधिकारीलाई धम्की दिइएको भनेर शिक्षामन्त्रीले नै सामाजिक सञ्जालमा लेखेपछि यो विषय विवादित बन्यो। तर त्रिवि पदाधिकारी र प्राध्यापकमाथि अभद्र व्यवहार अहिले मात्र हुन थालेको होइन।
उहिले मारीखोला र लुङरीखोलाबीच भयंकर लडाइँ भयो। लुङरीले जित्यो, मारी हार्यो। ‘मा’ भनेको हार्नु, ‘री’ पानी। अर्थात् हारेको पानी। क. अलपत्र त्यही मारीखोलाको ढुंगो भए, जस्तो पार्टीले नाम राखिदिएको थियो।
आफ्नो मान्छेलाई नियुक्ति दिलाउन चाहने समूहले पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएको छ। गुण्डागर्दी शैलीमा धम्की आएको भन्दै साउन ३२ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरू कार्यालयमा अनुपस्थित थिए।
नीति बनाउँदा उदार, तर ठीक उल्टो व्यवहार गर्ने नेताहरूको प्रवृत्तिले राज्यका संयन्त्रमा वर्षौंदेखि जसले वर्चश्व जमाएको थियो, त्यही वर्ग र समुदायको पकड देखिएको भन्दै आलोचना हुन थालेको छ।
पछिल्लो पटक लोकसेवा आयोगले विभिन्न विशेषज्ञ चिकित्सकतर्फ १६ जनाको माग गर्दा कुनै आवेदन परेन। विशेषज्ञ चिकित्सकको विज्ञापनमा पटकपटक दरखास्त शून्य हुँदा दुर्गममा भने उपचार नपाउने अवस्था छ।
कुसुमको साथमा भेटिएको ‘सुसाइड नोट’को आधारमा अनुसन्धान गर्न गत बुधबार पूर्णलाललाई पक्राउ गरेको प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गरिरहेको छ।
संविधानको धारा ७६ को मर्मअनुसार १३ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायबाट कम्तीमा ३ जना मन्त्री हुनुपर्छ। तर दुई वर्षयता मन्त्रिपरिषद् बैठकमा भाग लिने गरी कोही पनि दलितलाई मन्त्री बनाइएको छैन।
पछिल्ला तीन वर्षमा शक्तिशाली र पहुँचवाला नेताहरूले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत राज्यकोषको २१ अर्ब सिध्याएका छन्। यसको अधिकांश हिस्सा कार्यकर्ता पोस्नमै खर्च भएको देखिन्छ।
सार्वजनिक शैक्षिक सुधारका लागि भनिएको कार्यक्रममा पहुँचका भरमा विद्यालय छनोट गर्ने र फर्जी बिल बनाएर बजेट सिध्याउने अछामको दृष्टान्तले राष्ट्रिय ढुकुटीमाथि भइरहेको दोहनको चित्र उतार्छ।
काठमाडौँका सार्वजनिक पुस्तकालयमा कतै पाठक खचाखच छन् त कतै सुनसान हुन्छ। पुस्तकालय धाउनेहरू प्रायः लोकसेवा परीक्षा तयारी गरिरहेका र अनुसन्धानकर्मी हुन्छन्। साहित्यका पुस्तक पढ्न जाने भने थोरै हुन्छन्।
कैदीबन्दीलाई ‘सहयोग पुर्याउने’ उद्देश्यले कारागारभित्र नाइके, चौकीदार बनाउने अभ्यास कानूनी रूपमै स्थापित छ। तर कारागार प्रशासन र सुरक्षाकर्मीको आडमा तिनले नै अपराध–धन्दा चलाइरहेका छन्।
सवारी दुर्घटनामा श्रीमान् गुमाइन्, सोती हत्याकाण्डमा छोरा। वियोगैवियोगमाथि विनाशकारी भूकम्प थपियो र घर भत्कियो, उनी घाइते भइन्। शोक र भूकम्पको घाउले लक्ष्मी सुनारलाई अझै पोलिरहेको छ।
बलात्कार जस्तो गम्भीर अपराधमा पहुँचवालाहरूले पीडितलाई ‘होस्टाइल’ गराएर मुद्दा कमजोर पार्ने प्रवृत्ति बढ्दो छ। बयान फेरेर आफैविरुद्ध उभिन विवश पीडितहरू भने आजीवन सजायको भागीदारझैँ भएका छन्।
अछामको रामारोशन गाउँपालिकाका धेरै विद्यालयमा भौतिक पूर्वाधार र शिक्षक अभाव छ। तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले फर्जी बिलबाटै राफसाफ गरेका छन्।
डाक्टर भएपछि डा. अखण्ड उपाध्याय दुई वर्षदेखि डोल्पामा छन्। उनी बस्न थालेपछि औषधि पनि डोल्पा पुगिरहेको छ। तर उनी उपचार मात्र गरिरहेका छैनन्, समाजसेवाबाट पनि डोल्पालीको मन जितिरहेका छन्।
सुधारगृह ठानिएका कारागारहरू नयाँ अपराध जन्माउने केन्द्र बनेको लगातारका घटनाक्रमहरूले देखाउँछन्। चोरी, डकैती लगायतका फौजदारी कसुरमा थुनिने र भित्रैबाट ठूला अपराध सिकेर फर्किनेहरूको फेहरिस्त लामै छ।
यामलाल कँडेल मुख्यमन्त्रीको दौडमा धेरै पटक चिप्लिए। अघिल्लो कार्यकालमा आफ्नै दलको बहुमत हुँदा पनि उनले अवसर गुमाए। यस पटक भने अनपेक्षित फेरबदल नआएमा कँडेल मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ।
पहिलो पटकको घटनाले जेसिकालाई शिक्षकदेखि टाढा रहने बानी पर्यो। उनलाई ‘साइन्स ल्याब’ नै मन पर्न छाड्यो। दोस्रो पटकको अर्को घटनापछि त संसार नै छाड्ने विचारसमेत उनको मनमा आयो।
घोराही उपमहानगरले २०७४ सालमा ‘एक वडा एक जलाशय’ कार्यक्रम ल्याएयता ४३ वटा जलाशय बनिसकेका छन् जसले कृषि, वातावरण र पर्यटन प्रवर्द्धन मात्र भएको छैन, दुई गाउँबीच पानी बाँडफाँटको मुद्दा पनि ढिसमिस भएको छ।
इन्द्रायणी माविका विद्यार्थी तरकारी र फलफूल फलाएर विद्यालयलाई बेच्छन्। स्थानीय कृषक विद्यालयबाट बेर्ना लगेर खेती गर्छन्। तीन वर्षभित्रै फेरिएको यो विद्यालयका कारण गाउँको बोर्डिङसमेत बन्द भएको छ।